धनगढी , मंसिर २४ :
बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१- ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका- १८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका- १७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्।
उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।