काठमाडौँ, साउन २५ :
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ।
प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो । सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो ।