काठमाण्डौं, पुस ११ :

अजरबैजानको एक विमान कजाकिस्तानको अक्ताउ शहरमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनाग्रस्त विमानमा चालक दलका पाँच सदस्यसहित ६७ जना सवार रहेको समाचार छ ।

कम्तीमा २८ जना बाँच्न सफल भएको कजाकिस्तानको आपतकालीन मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । चार जनाको शव फेला परेको मन्त्रालयले छ । घाईतेहरुको उपचार भईरहेको जनाइएको छ । अन्यको मृत्यु भएको हुन सक्ने बताईएको छ ।

अजरबैजान एयरलाइन्सका अनुसार एम्ब्रेयर १९० विमान शहरबाट तीन किलोमिटर टाढा आपतकालीन अवतरण गरिएको थियो ।

काकेशसको रुसी शहर ग्रोज्नीका लागि उडेको थियो ।

अजरबैजान एयरलाइन्सका अनुसार ३७ जना यात्रु अजरबैजानका नागरिक थिए । विमानमा १६ जना रुसी, ६ जना कजाकिस्तानी र ३ जना किर्गिस्तानी नागरिक रहेका थिए ।

रुसको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता रोजाभियात्सियाले विमानमा चरा ठोक्किएपछि पाइलटले अक्ताउतर्फ डाइभर्ट गर्ने निर्णय गरेको प्रारम्भिक जानकारीले देखाएको बताएका छन् ।