
जाजरकोट, पुस १२ :
जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ६ बजेर ३६ मिनेटमा ४. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
२०८० कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६. ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय बढीको मृत्यु भएको थियो ।