शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश कर्णाली प्रदेश

जाजरकोटमा बिहानै भूकम्प गयो

· बिहीबार, १२ पुस, २०८१ मा प्रकाशित
जाजरकोटमा बिहानै भूकम्प गयो
जाजरकोट, पुस १२ :

जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ६ बजेर ३६ मिनेटमा ४. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

२०८० कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६. ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय बढीको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार