
काठमाण्डौं, पुस १५ :
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।
कोरियाली समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
थाइल्याण्डको बैंककबाट १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य लिएर उडेको जेजु एयरको विमान अवतरणगर्ने क्रममा दुर्घटना भएको बताइएको छ । विमान थाईल्याण्डबाट कोरिया जादै थियो । उद्धार कार्य जारी छ ।
के कारणले विमान दुर्घटना भएको हो भन्ने यकिन नभएपनि चरासंग ठोक्किएको र खराव मौसम कारण हुन सक्ने फायर सर्भिसले अनुमान गरेको छ ।