काठमाण्डौं, पुस १७ :

आज सन् २०२४ को अन्तिम दिन । सन २०२५ लाई स्वागत गरिँदैछ । ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको स्वागतमा विश्वभर नै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

लण्डन

चीन,फिलिपिन्स र मलेसिया लगायत पूर्वी र दक्षिण–पूर्वी एसियाका देशहरूले आतिशबाजी प्रदर्शन र ड्रोन शोका साथ नयाँ वर्षलाई स्वागत गरेका छन्। यसैगरी अस्ट्रेलिया, न्युजिल्यान्ड,बेलायत,चीन,हङकङ,जापान लगायतका देशहरूमा भव्यताका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।

जापान

विश्वभरका देशहरुमा  अहिले शुभकामना आदानप्रदान तथा विभिन्न सांगीतिक प्रस्तुति लगायतका कार्यक्रमहरू भइरहेका छन् । विभिन्न देशहरुमा  समय पनि फरक-फरक हुने भएकाले नयाँ वर्षलाई फरक फरक समयमा मनाईएको छ ।

चीन

बेलायतमा पनि नयाँ वर्षको पूर्वसन्ध्यामा आतिशबाजी प्रदर्शन गरिएपनि कतिपय ठाउँमा मौसमको कारण कार्यक्रमहरू रद्द गरिएका छन् ।

ईन्डोनेशिया

दक्षिण कोरियामा आइतबार भएको मुआन विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएपछि समारोह स्थगित गरिएको छ ।

फिलिपिन्स

ताईवान