काठमाडौं ।, पुस १९ :

४० वर्षपछि र एक साताको कोलाहलका बीच बुधबार राति सन् १९८४ को भोपाल ग्यास दुर्घटनापछि निस्केको विषाक्त फोहोर सहरबाट बाहिर पठाइएको छ ।

भारतको मध्य प्रदेशको राजधानी भोपालमा रहेको युनियन कार्बाइड कारखानामा भएको दुर्घटनालाई विश्वको सबैभन्दा ठुलो औद्योगिक प्रकोपमध्ये एक मानिन्छ ।

सन् १९८४ डिसेम्बर ३ का दिन बिहान अमेरिकाको युनियन कार्बाइड कर्पोरेसनको स्वामित्वमा रहेको कीटनाशक कारखानाबाट मिथाइल आइसोसायनेट ग्यास लिक भयो, जसका कारण लाखौं मानिस विषाक्त ग्यासबाट संक्रमित भए ।

ग्यास चुहावटका कारण पाँच हजार मानिसको मृत्यु भएको सरकारी तथ्यांकले दाबी गरे पनि सामाजिक कार्यकर्ता र स्थानीयले यो संख्या १० हजारसम्म पुग्ने विश्वास गरेका छन् ।
-बीबीसी