बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#कागेश्वरी मनोहरा नगरपालिका#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै #नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#कागेश्वरी मनोहरा नगरपालिका#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै
समाचार अर्थतन्त्र

गुणस्तरमा ध्यान दिन रेस्टुरेन्टहरुलाई उपप्रमुख डंगोलकाे सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ माघ, २०८१ मा प्रकाशित
गुणस्तरमा ध्यान दिन रेस्टुरेन्टहरुलाई उपप्रमुख डंगोलकाे सुझाव
काठमाडौं, माघ १ :

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा  रेस्टुरेन्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताएकी छन् ।

काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औ राष्ट्रिय अधिवेशनमा सोमबार बोल्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् । उनले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा  रेस्टुरेन्टहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताइन्। 

उनले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरु उठ्दै आएकाले त्यसमा विचार पुर्‍याउन व्यवसायीहरुलाई आग्रह गरिन् । उनले हाटेल तथा फास्ट फुडहरु ठूलो स्पेस र पूर्वाधारहरुले मात्रै पाँच तारे हुन नसक्ने भन्दै पाँच तारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको समेत बताइन् । उनले महानगर फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा रहेको बताइन् । 

साथै उनले महानगरले राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाइन् ।  ‘पाँच तारे हाटेल फास्ट फुड पूर्वाधारहरुले मात्रै हुँदैन उनले भनिन्, ‘गुणस्तरमा पाँच तारे भनेर चिनिन आवश्यक छ । महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार  स्टिकरहरु राख्ने अभियानमा छ । 

सुधारात्मक बाटोमा लैजानको लागि महानगरले काम गर्दैछ । महानगरले व्यवसायीहरुको व्यापार फस्टाओस् भनेर काम गरिरहेको छ ।’उनले महानगरले व्यवसायीहरुको व्यापार व्यवसाय सहजिकरणको लागि काम गरिरहेको पनि बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार