काठमाडौँ, साउन २९ :

सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाली बजारमा आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक सय रुपैयाँले घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेर १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

हिजो चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो ।