बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#कागेश्वरी मनोहरा नगरपालिका#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै #नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#कागेश्वरी मनोहरा नगरपालिका#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै
समाचार अर्थतन्त्र

निर्माण व्यवसायीको १४ बुंदे माग पूरा गराउन पहल गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
निर्माण व्यवसायीको १४ बुंदे माग पूरा गराउन पहल गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता
काठमाडौं, माघ ५ :

नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले महासंघको १४ बुँदे माग कार्यान्वयनका लागि सरोकारवाला निकाय समक्ष ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र पेश गरेको छ ।

महासंघले आज (शुक्रवार) उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डिपि अर्याल, मुख्य सचिव एकनारायण अर्याल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव  केशवकुमार शर्मालाई भेटी १४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

जवाफमा उपप्रधानन्त्री, मन्त्री लगायत सबैले निर्माण उद्योग सकसमा रहेको स्विकार गर्दै महासंघका जायज माग पूरा गराउनका लागि आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

निर्माण कार्य हुने सिजनमै सिमेण्ट उद्यमीहरूबाट विना ठोस कारण नै खुलेआम कार्टेलिङ एवं कालोबजारी गरी सिमेण्ट साथै डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धि, भुक्तानी अभाव, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विभिन्न कारणले रुग्ण रहेको आयोजनाहरूको खारेजी, विगतका सहमतिको अक्षरस कार्यान्वयन, पूर्वाधारमैत्री ऐन कानून, लो बिडको निरुत्साहन, निर्माण सामाग्रीको सहज उपलब्धता, महालेखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायको ज्यादती, इन्सुरेन्सको समस्या निर्माण आयोग गठन सहितको १४ बुँदे माग अघि सार्दै महासंघले ती मागहरू पूरा गर्नका लागि माघ १५ सम्मको अल्टिमेटम दिएको छ । माग पूरा नभएको खण्डमा महासंघले माघ १८ बाट सडक आन्दोलन गर्ने गरी कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार