काठमाडौं, माघ ६ :

इरानको सरकारी सञ्चारमाध्यमले देशको राजधानी तेहरानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको जनाएको छ ।

‘इरानको सर्वोच्च अदालतबाहिर दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको छ,’ त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

आक्रमणमा अर्का न्यायाधीश र एक अंगरक्षक पनि घाइते भएको स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले समाचारमा जनाएको छ ।

गोलीबारीलगत्तै अज्ञात आक्रमणकारीले आफैंलाई पनि गोली हानेको समाचारमा जनाइएको छ ।

आक्रमणको उद्देश्य के थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।

तर मारिएका दुवै न्यायाधीश ८० र ९० को दशकमा इस्लामिक शासनका विरोधीहरूको उत्पीडन र हत्यामा आफ्नो भूमिकाका लागि परिचित थिए ।