शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

वामदेव पुनः एमालेमा फर्कंदै, अभियानका ४ उपाध्यक्षले छाडे साथ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
वामदेव पुनः एमालेमा फर्कंदै, अभियानका ४ उपाध्यक्षले छाडे साथ
काठमाडौं, माघ ७ :

नेकपा एकता अभियानका संयोजक वामदेव गौतम पुनः नेकपा एमालेमा फर्कने भएका छन्। 

कुन पद लिएर कहिले जाने हो भन्ने विषय भने टुंगो लागि नसकेको गौतमको भनाइ छ । उनले भने, ‘जाने तय भैइसक्यो। समय र स्थान सबै उतै(एमाले)बाट आउँछ।' लामो समय एमालेमा रहेका गौतम पार्टी विभाजनपछि एकता अभियानमा लाग्दै आएका थिए ।

यसअघि गौतम नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता भएर जाने निश्चित भइसकेको थियो । अध्यक्ष माधव नेपालसँग पनि उनले पटक-पटक वार्ता गरेका थिए। के कुरामा चित्त नबुझेर उनी फेरि एमालेमै फर्कन खोजे भन्ने स्पष्ट भएको छैन ।

नेकपा एसनिकट समाजवादी प्रेस संगठनको टिमै चौतारीमा प्रवेश

यसैबीच, एकता अभियानका संयोजक नै एमालेमा जाने भएपछि अभियानका चार उपाध्यक्ष पनि नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णणमा पुगेका छन् ।उनीहरुले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका छन् ।

अभियानका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्याल, उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवम् कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवम् मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छोडेको घोषणा गरेका हुन् ।   

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार