काठमाडौँ, साउन ३० :

मंगलबार सुनको मूल्यले हालसम्मको रेकर्ड तोडेको छ । आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो । 

हिजो तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो । 

यस्तै मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।