बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#कागेश्वरी मनोहरा नगरपालिका#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै #नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#कागेश्वरी मनोहरा नगरपालिका#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै
अर्थतन्त्र

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य 
काठमाडौँ, माघ १० :

कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ७०, गोलभेँडा सानो लोकल प्रतिकेजी २०, गोलभेँडा सानो तराई प्रतिकेजी ३५ निर्धारण गरेको छ ।

आलु रातो प्रतिकेजी ४७, आलु रातो भारतीय प्रतिकेजी ४०, प्याज सुकेको भारतीय प्रतिकेजी ७०, काउली स्थानीय प्रतिकेजी १५, स्थानीय काउली ज्यापु प्रतिकेजी २५, काउली तराई प्रतिकेजी १५, मूला रातो प्रतिकेजी ३०, मूला सेतो लोकल प्रतिकेजी २५, सेतो मूला हाइब्रिड प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी ४०, भन्टा डल्लो प्रतिकेजी ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी ७०, मटरकोसा प्रतिकेजी ६०, घिउ सिमी लोकल प्रतिकेजी ७०, घिउ सिमी हाइब्रिड प्रतिकेजी ७०, घिउ सिमी राजमा प्रतिकेजी  ६०, टाटे सिमी प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी ९०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग ४०, तोरीको साग प्रतिकेजी ३०, मेथीको साग प्रतिकेजी ४०, प्याज हरियो प्रतिकेजी ४०, बकुला प्रतिकेजी ६०, तरुल प्रतिकेजी ८०, च्याउ कन्य प्रतिकेजी ९०, च्याउ डल्ले प्रतिकेजी २९० निर्धारण गरिएको छ ।

समितिले कागती प्रतिकेजी १६०, अनार प्रतिकेजी ४००, अङ्गुर हरियो प्रतिकेजी २४०, अङ्गुर कालो प्रतिकेजी ३८०, सुन्तला नेपाली प्रतिकेजी १२०, सुन्तला भारतीय प्रतिकेजी १००, काँक्रो लोकल प्रतिकेजी १२०, काँक्रो हाइब्रिड प्रतिकेजी ७० निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार