
काठमाडौँ, साउन ३१ :
बुधबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाली बजारमा आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।