काठमाण्डौं, साउन ३१ :

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी महिना हुने पार्टी चुनावमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेताका रूपमा पुन: चुनावमा नउठ्ने घोषणा गरेका छन् । उनको यो घोषणासंगै अब देशले नयाँ प्रधानमन्त्री पाउने देखिन्छ ।

बुधबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री किशिदाले एलडीपीको नेतृत्वमा नयाँ अनुहार ल्याउने समय आएको बताएका छन् । आफूले नयाँ नेतृत्वलाई पूर्ण समर्थन गर्ने समेत बताएका छन् ।

उनले आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नहुने पनि घोषणा गर्नुभएको छ ।

किशिदा सेप्टेम्बर २०२१ मा तीन वर्षको कार्यकालका लागि पार्टी अध्यक्ष निर्वाचित भएका थिए र त्यस लगत्तै आम चुनावमा विजयी भएका हुन् ।