
तामाङ समुदायले बिहीबार देशभर विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाएका छन् । सोनाम ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा बृहत् कार्यक्रम गरिएको थियो ।
कार्यकम अघि उनीहरुले तामाङहरूको जातीय वेशभूषा, बाजागाजा र झाँकीसहित टुँडिखेल परिक्रममा गरेका थिए । टुँडिखेल, बौद्ध, स्वयम्भूलगायत तामाङ जातिको बाहुल्य रहेको क्षेत्रमा विविध कार्यक्रम गरिएको छ ।
विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको मुख्य चाडका रूपमा रहेको सोनाम ल्होसार किसानहरूले बालीनाली भित्र्याइसकेपछि मनाउने गरिन्छ ।
‘ल्हो’अर्थात् वर्ष १२ वटा भएको विश्वास गर्छन् । १२ वर्षको नाम पशुपक्षी र जीवजन्तुका नामबाट राखिएको हुन्छन् । जसमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष पर्छन् ।
यी १२ वर्गलाई यो समुदायले १२ राशिका रूपमा पनि लिने चलन छ । १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । सोनाम ल्होसारको अवसरमा संघीय सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
हेरौं थप तस्बिरहरु :