शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार अर्थतन्त्र बैंक/बीमा

कति छ बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ?

२१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
कति छ बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ?
काठमाडौं, माघ २१ :

लगानीयोग्य रकम थुप्रिएर अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) पनि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपराह्नसम्ममा बोलकवोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानिनेछ । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ-ब्याज भुक्तानी मिति फागुन ११ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोका रुपमा समेत राख्ने सकिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार