काठमाडौं, माघ २१ :

नबिल इन्भेस्टमेन्ट बैंकिङ र लुम्बिनी सेरामिक्सबीच सम्झौता भएको छ ।

लुम्बिनी सेरामिक्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा  नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडका तर्फबाट कम्पनीका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

लामिनार टाइल्स नेपालको पहिलो र एकमात्र शतप्रतिशत भिट्रीफाइड टाइल्स हो । जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेडअन्तर्गत पर्छ । लामिनार टाइल्स् नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाइल्सहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।