
काठमाण्डौं, साउन ३२ :
गत हप्ता कोलकाताको एक सरकारी अस्पतालमा भएको प्रशिक्षार्थी चिकित्सकको बलात्कार र हत्याको विरोधमा पश्चिम बंगाल राज्यका दशौं हजार महिलाले सडकमा जुलुस निकालेका छन्।
गत शुक्रबार आरजी कार मेडिकल कलेजमा ३१ वर्षीया युवतीको निर्मम हत्यापछि विरोध प्रदर्शन सुरु भएको हो ।
३६ घन्टाको लामो ड्युटीपछि तोकिएको विश्राम क्षेत्र नहुँदा उनी सेमिनार कोठामा सुतेकी थिइन् ।
भोलिपल्ट बिहान उनी अर्धनग्न अवस्थामा र शरीरमा घाउ चोट लागेको अवस्थामा उनका सहकर्मीहरुले देखेका थिए ।
घटनामा संलग्न भएको आरोपमा अस्पतालमा स्वयंसेवी रुपमा कार्यरत एक जनालाई पक्राउ गरिएको समाचार छ ।