काठमाडौँ, माघ २५ :

त्रिदेशीय महिला टी- ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दैछन् । 

यो खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । नेपालले यसअघिका ५ वटै खेल हारेको छ । नेपाली महिला टोली नेदरल्यान्ड्स ३ पटक र थाइल्यान्डसँग २ पटक पराजित भएको हो।

लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृङ्खलाको उपाधि जित्नेछ ।