काठमाडौं, माघ २५ :

डा. सुवास आचार्य त्रिवि शिक्षण अस्पताल (टिचिङ) को कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

छनोट समितिले दिएको सिफारिसका आधारमा आचार्यलाई निर्देशकमा नियुक्त गरिएको हो । उनी क्रिटिकल केयर विभागको प्रमुखमा कार्यरत छन् ।

यस्तै महाराजगन्ज मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी भने डा. सुरेश उप्रेतीले पाएका छन् । यसअघि उनी सहायक क्याम्पस प्रमुख थिए ।