काठमाडौं, माघ २६ :

प्रतिनिधिसभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक माघ २७ गते आइतबार दिनको १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।

शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गरेका छन् ।

त्यस्तै कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक २०८० र विधायन विधेयक २०८१ लाई पारित गरियोस् भनेर प्रस्ताव पेस गरेका छन् ।
यो पनि…

विपक्षीको आरोप- स्वर्गद्वारी गुठीपीडितको माग सम्बोधन गर्न सरकारले तदारुकता देखाएन
‘कबाड व्यवसायीमाथि काठमाडौं महानगरको धरपकड गर्‍यो, तत्काल रोकियोस्’

‘सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि अनुसन्धान सुरु भयो, सरकारलाई धन्यवाद’