आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति मधेस प्रदेश भिडियो

‘प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा छन्’

जसपा नेपालले अडान लिए राष्ट्रिय सभामा अध्यादेश पारित हुँदैन : अध्यक्ष दाहाल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ माघ, २०८१ मा प्रकाशित
‘प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा छन्’
धनुषा, माघ २९ :

प्रधानमन्त्री केपी ओलीले संविधान खारेज गर्ने लक्ष्य राखेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएका छन् ।

जनकपुरमा सोमबार पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्री ओलीले संविधान र परिवर्तनलाई खारेज गर्न चाहेका छन्, उनले यसअघि संसद् विघटन गर्नुको कारण पनि यही रहेको जिकिर गरे ।’

अध्यक्ष दाहालले जनता समाजवादी पार्टी (जसपा) नेपालका सदस्यहरूलाई मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी गरे । ‘जसपा नेपालले विधि-प्रक्रियासँग सम्बन्धित अडान राखेको छ,’ उनले भने, ‘जसले गर्दा राष्ट्रिय सभाबाट अध्यादेश पारित हुने छैन ।’

सरकारको भूमिसम्बन्धी अध्यादेशलाई गलत उद्देश्यले ल्याइएको उनको टिप्पणी थियो । दाहालल‍े मधेसी जनताको मागलाई ध्यानमा राख्दै, आफूले दुईपटक संविधान संशोधनको प्रस्ताव ल्याए पनि  प्रधानमन्त्री ओलीले ती प्रस्तावलाई रोक्ने कार्य गरेका बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार