धनुषा, फागुन १ :

जनकनन्दनी गाउँपालिका ५, उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका क्रममा उनीहरूबीच झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षाकुमारीलाई मंगलबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।