
लागुऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको राक्सिराङ ५, बोटबारीबाट अफिमजस्तो देखिने पदार्थ २ किलो १४० ग्रामसहित बारा सिम्रौनगढ १ का १९ वर्षीय शशि मुखियासमेत २ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको हो ।
यसैगरी मकवानपुरको राक्सिराङ ५, बोटबारीबाट गाँजा ३ किलो २ सय ग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरि गाउँपालिका ७ बस्ने २४ वर्षीय रविन तामाङ र २४ वर्षीय बलराम थिङ छन् ।
इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले बोटबारीबाट मनहरितर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ९९२२ नम्बरको मोटरसाइकलमा यात्रारत उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका १, झोलुङ्गेपुल नजिकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ५ ग्राम ६० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका ४, सामरी बस्ने ३९ वर्षीय सुबि गुरुङ, हेटौंडा उपमहानगरपालिका १, चौकीटोल बस्ने ३४ वर्षीय नवराज भट्ट र नवलपरासी पश्चिम सुस्ता गाउँपालिका ३ घर भएका ३४ वर्षीय सुरज पाण्डे छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको झापा गाउँपालिका ५, पन्थपडा राजवंशी टोलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित अर्जुनधारा नगरपालिका ५ बस्ने २१ वर्षीय अनिश ठकुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका ११ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ ग्रामसहित उर्लाबारी नगरपालिका ७ बस्ने २३ वर्षीय मोहमद अब्दुलसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका ३, ट्रान्समिटरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित भारत उत्तर प्रदेश बलारामपुर मदरहवा कला पोस्ट बिसनपुर टन्टनवा भगगौरा बस्ने ३८ वर्षीय पारस गौडलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका ८, भोटेपुलबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ५ मिलिग्रामसहित सोही उपमहानगरपालिका ६, पानबारी बस्ने २४ वर्षीय मिर्जुकुमार श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको कोसी गाउँपालिका १, लौकहीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १ हजार ३ सय २० क्याप्सुलसहित बराहक्षेत्र नगरपालिका ८, चक्रघट्टी बस्ने २७ वर्षीय अर्जुन माझीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
दाङको लमही नगरपालिका ७, अर्जुनखोलाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४, नयाँ बजार बस्ने १८ वर्षीय किशोर र सोही उपमहानगरपालिका १०, नारायणपुर बस्ने १७ वर्षीय किशोर छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले घोराहीबाट बुटवलतर्फ जाँदै गरेको रा.८ प ४४०८ नम्बरको मोटरसाइकलमा यात्रारत उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका ९, राजघाटबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४६ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने डडेल्धुरा आलिताल गाउँपालिका ७ घर भएका ३० वर्षीय करन बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका ३, भासीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ५ ग्राम ५६ मिलिग्रामसहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ६ बस्ने ४२ वर्षीया सरस्वतीकुमारी विष्ट, उनकै छोरा प्रकाशसिंह धामी, दार्चुला शैल्यशिखर नगरपालिका ९ बस्ने ३० वर्षीय सुशील विष्ट र मालिकार्जुन गाउँपालिका ८ बस्ने ३२ वर्षीय गोविन्द धामी छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भीमदत्त नगरपालिका ३, भासीस्थित सरस्वतीको पूर्णागिरि होटेल तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बाँकेको खजुरा गाउँपालिका ७, बठुवाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय नन्दकिशोर कुर्मीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलालको धनगढी उपमहानगरपालिका ३ बाट चरेसजस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३६ वर्षीया सुर्जा नाथलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका ३, बोराडाडीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका ९ बस्ने ३३ वर्षीय भरत नाथलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ७, पोर्ताहा चोकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ८ ग्राम १ सय १० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा धनगढीमाई नगरपालिका २ बस्ने २० वर्षीय मो.अल्तक राइन र २३ वर्षीय सन्मत अली छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.२-०१-००२ प ५३५३ नम्बरको मोटरसाइकलमा यात्रारत उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।