पाँचथर, फागुन १ :

पाँचथरको कुम्मायक गाउँपालिका ५, निगाले बस्ने ३६ वर्षीय कमल चेम्जोङलाई प्रहरीले पक्राउ गरेको छ । चेम्जोङका साथमा प्रहरीले भरुवा बन्दुक १ थान र खुकुरी १ थान पनि बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित मंगलबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।