
काठमाडौं, फागुन २ :
काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ परेका छन् ।
काँकडभिट्टाबाट आउँदै गरेको बा.प्र०१-००२ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगामा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षका महेश अमृत मानी र २४ वर्षका राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ३१८ ग्राम सुन बरामद गरेको जनाएको छ ।