काठमाडौं, फागुन २ :

सुप समावेशी विद्यालय कैलालीले विशेष शिक्षाको सुधारमा उदाहरणीय नमुना प्रस्तुत गरेको छ । विद्यालयमा दक्षिण कोरियाको दृष्टिविहीन विद्यार्थीहरूको विद्यालय दाइगु ग्वांगम्योंगको सहयोगमा शारीरिक अपांगता भएका विद्यार्थीका लागि उपयुक्त डेस्क र कुर्सीहरू राखिएका छन् । यसअघि विद्यालयमा पुराना भुइँमा बस्ने गोलो टेबलहरू थिए ।

आधुनिक अध्ययन सामग्रीहरू पनि जुटाएर शिक्षालाई अझ प्रभावकारी बनाउने विद्यालयले प्रयास गरेको छ ।

सन् १९४६ मा स्थापना भएको दाइगु ग्वांगम्योंग विद्यालय दृष्टिविहीन विद्यार्थीको लागि समर्पित छ । यो विद्यालय यंग्ग्वांग फाउन्डेसन द्वारा सञ्चालित छ । यसले ‘माया, ज्योति, स्वतन्त्रता’ भन्ने संस्थागत दर्शन तथा ‘ठूलो सपना देख’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरेको छ । विद्यालयमा ७३ विद्यार्थी छन् । विद्यालयमा विद्यार्थीहरू आफ्ना रुचि तथा प्रतिभालाई विकास गर्न प्रेरित हुन्छन् । जसका लागि विद्यालयले व्यक्तिगत आवश्यकताअनुरूप विशेष शिक्षा योजना लागुसमेत गरेको छ ।

विद्यालयको व्यावसायिक प्रशिक्षण कार्यक्रमबाट स्नातक भएका तीन विद्यार्थीले मसाज थेरापी र हेल्थ किपर (स्वास्थ्य सहायक) का रूपमा रोजगारी पाएका छन् । धेरै दृष्टिविहीन विद्यार्थीहरूले आफ्नो शारीरिक चुनौतीलाई जितेर व्यावसायिक तथा आत्मनिर्भर जीवन बिताइरहेका छन् ।

दाइगु ग्वांगम्योंग स्कुलका विद्यार्थीले व्यावसायिक तालिम कक्षामा सिकेका सीपहरूको प्रयोग गरेर विभिन्न हस्तकलाका सामानहरू निर्माण गर्छन् । जसलाई स्थानीय समुदायमा बिक्री गरी सोको सम्पूर्ण आम्दानी सुप विद्यालयलाई वितरण गरे ।

दृष्टिविहीन विद्यार्थीहरूले सिकेका सीप र रचनात्मक क्षमताहरू प्रयोग गरी उत्पादन बनाउनु, स्थानीय समुदायमा बिक्री गर्नु र ती आम्दानीले नेपालका विशेष आवश्यकता रहेका विद्यार्थीहरूको सहयोग गर्नु एक प्रेरणादायक मानिन्छ । यो विद्यालयको शिक्षण दर्शनलाई बलियो बनाउने उदाहरण हो, जसमा विद्यार्थीहरू केवल आफ्ना समुदाय र राष्ट्रलाई सेवा मात्र गर्दैनन्, बरु विदेशका अपांगता भएका विद्यार्थीहरूलाई पनि सहयोग गर्दै वैश्विक भाइचाराको भावना विकसित गर्छन् ।

लुपिकको निमन्त्रणामा सुप विद्यालयका प्रधानाध्यापकले दक्षिण कोरियाका विशेष विद्यालयहरूको भ्रमण गरी त्यहाँका सुविधाहरू, पाठ्यक्रम, व्यावसायिक शिक्षा कार्यक्रमहरू र अन्य शिक्षण पद्धतिहरू अवलोकन गरे । यस आधारमा सुप विद्यालयले अपांगमैत्री शौचालयहरू बनाएको छ । व्यक्तिगत शिक्षण योजना लागु गरेको छ । कक्षाकोठाको सुधारका क्रममा शारीरिक अपांगता भएका विद्यार्थीका लागि उपयुक्त डेस्क र कुर्सी राखिएका छन् । विशेष शिक्षाको प्रवर्धन गर्न विद्यालयले निरन्तर सुधारका प्रयासहरू गरिरहेको छ ।

यहाँको शिक्षा विभागले सुप विद्यालयको सुधार प्रयासलाई स्वीकार गर्दै आगामी दिनमा पूर्वाधार विकासका लागि थप सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । साथै विभागले नेपालमा विशेष शिक्षाको प्रवर्धनका लागि ठोस नीति निर्माणको कार्य अघि बढाइरहेको पनि जनाएको छ । नेपालमा लुपिकका विभिन्न परियोजना परियोजना प्रबन्धक किम उनयङद्वारा सञ्चालन भइरहेका छन् ।
हेरौं थप तस्बिर :