काठमाडौं, फागुन ५ :

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ।   न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुँदैछ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी इस्टेट्सको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन्।

गिरीबन्धु मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले २४ माघ २०८० मा तीनवटा आदेश जारी गरेको थियो, जसको कार्यान्वयन नगरी उल्टै अवरोध गरेको आरोप अधिवक्ता अर्यालको छ।