काठमाडौं, फागुन ९ :

फोर नेसन्स महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र लेबनान बीचको अहिले जारी खेलमा नेपालले पहिलो हाफमा  १-० को अग्रता बनाएको छ ।

नेपालको लागि स्टार स्ट्राइकर साबित्रा भण्डारीले गोल गरेकि छिन् ।

आजको खेल नेपालले जिते म्यानमार र नेपाल दुवै एक खेल अगाडि फाइनलमा पुग्नेछन्। यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० ले र म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो।

आज भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ ।