सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
खेलकुद फुटबल

बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ११ फागुन, २०८१ मा प्रकाशित
बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश
मकवानपुर, फागुन ११ :

बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र क्लब प्रवेश गरेको छ । 

आज झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३- १ गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । 

खेलको पहिलो हाफको ३७औँ मिनेटमा थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियमले पहिलो गोल गरेका हुन् । त्यस्तै, ४२औँ मिनेटमा मच्छिन्द्र फुटबल क्लबका शिशिर लेखीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । 

मच्छिन्द्रका समीरराज थोकरले दोस्रो हाफको ५१औँ मिनेटमा गोल गर्दै अग्रता कायम राखेसँगै खेलको ८८औँ मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल थप्दै ३- १ अन्तरमा थ्री स्टार पराजित गरेका हुन् । 

आजको खेलमा मच्छिन्द्रका कप्तान देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भएका छन् । उनलाई गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाले नगद रु १० हजार प्रदान गर्नुभएको थियो । 
 
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलबाट चर्च ब्वाइज युनाइटेड विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

फाइनल खेल यही फागुन १२ गते दिउँसो २ बजे चर्च ब्वाइज र मच्छिन्द्र क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

उपाधि विजेताले १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । साथै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार र साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार