सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
खेलकुद फुटबल

उपाधिका लागि चर्च ब्वाइज र मच्छिन्द्र क्लब प्रतिस्पर्धा गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ फागुन, २०८१ मा प्रकाशित
उपाधिका लागि चर्च ब्वाइज र मच्छिन्द्र क्लब प्रतिस्पर्धा गर्दै
बागमती, फागुन १३ :

सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आज दिउँसो २ बजे मकवानपुरको बागमती गाउँपालिका- ४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङगशालामा हुने उपाधि भिडन्तमा दुबै टोली उपाधि हात पार्न उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । 

पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३- २ गोल अन्तर पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो भने  दोस्रो सेमिफाइनलमा थ्रि स्टार क्लबलाई ३- १ गोल अन्तरले पाखा लगाउँदै मच्छिन्द्र क्लब फाइनलमा चर्च ब्वाईजसँगको भेट पक्का गरेको हो । 

मच्छिन्द्र क्लब अघिल्लो छैठैँ संस्करणको बागमती गोल्डकप प्रतियोगिताको उपाधि विजेता टिम हो । अघिल्लो संस्करणको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको थियो ।

मच्छिन्द्रले दोस्रो पटक उपाधि रक्षा गर्ने लक्ष्यका मैदानमा उत्रिनेछ भने चर्च ब्वाईज साविक विजेता टिमलाई पराजित गर्दै पहिलो पटक उपाधि हात पार्ने रणनीतिका साथ मैदान छिर्नेछ । 

प्रतियोगिताका विजेता टिमले पुरस्कारस्वरुप नगद १० लाख हात पार्नेछ भने उपविजेतालाई नगद पाँच लाख प्रदान गरिने बागमती गाउँपालिका खेलकुद विकास समितिका संयोजक रहरसिंह थिङले जानकारी दिए ।  प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको छ ।                                        

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार