भोजपुर, फागुन १४ :

भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढीलुङ्थुङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । 

नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । स्वास्थ्य इकाई स्थापनाले तीन सय घरपरिवार लाभान्वित बनेका छन् । 

लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिए । 

स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य इकाई स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए ।

गाउँमा नै स्वास्थ्य इकाई  स्थापना भएपछि स्थानीय खुसी भएका छन् भने स्वास्थ्य इकाई स्थापनाले विरामी  हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टौँ धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।