काठमाडौँ, भदौ ५ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ ।

गाईजात्रा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले विभिन्न जातजातिका आ- आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेकोले भावी पुस्ताका लागि पनि सबैले सम्मान गर्दै जोगाइ राख्नुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएकोले नेपालीहरूको मौलिक सांस्कृतिक पर्व गाईजात्रा पर्व पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

साथै सभापति देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति, भाषाभाषी तथा  धर्म र संस्कृतिले समान अवसर पाउने पनि बताउनुभयो ।