
काठमाडौँ, भदौ ५ :
सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान रहेको विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको बताउनुभएको छ ।
गाईजात्राका अवसरमा आज शुभकामना दिँदै सभामुख घिमिरेले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेकोले यस्ता चाडबाडले सामाजिक एकतासँगै समाजलाई अनुशासित र लोककल्याणकारी बनाउन ठुलो योगदान दिएको उल्लेख गर्नुभयो ।