
गोरखा, फागुन १५ :
बाटो खन्ने क्रममा ढुङ्गा खसेर गोरखाको अजिरकोट गाउँपालिका- १, स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ ।
आज दिउँसो बा प्र ०६- ००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका- ६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो । कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो ।