काठमाडौँ, फागुन १७ :

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू- भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ ।

कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू- भागका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका तराई भू- भागका केही स्थानहरू तथा देशका बाँकी पहाडी भू- भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू- भागमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू- भागमा आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाका साथै देशका बाँकी पहाडी भू- भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका केही स्थानहरूमा,  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरूमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

केही स्थानहरूमा लागेको हुस्सु  मध्याह्‍न पछि क्रमिक रुपमा  सुधार हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।