
क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा विस्तार गरेको छ ।
पोखरामा रहेका ग्राहकलाई थप सुविधा होस् भन्ने उद्देश्यका साथ ब्रोकर नम्बर ६२ ले पोखराको न्युरोडमा शाखा विस्तार गरेको हो ।
क्यापिटल म्याक्सका अध्यक्ष अतितलाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियमभित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्यअनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ उनले भने, ‘नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहजरुपमा सेवा सुविधा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ ।’
काठमाडौंको कमलपोखरीमा मुख्य कार्यालय रहेको कम्पनीले देशका अन्य सहरमा पनि छिटै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ । ‘हाम्रो उद्देश्य भनेको देशभरका लगानीकर्तासमक्ष क्यापिटल म्याक्सको सेवा सुविधा सहज रुपमा पुर्याउनु हो,’ उनले भने, ‘तसर्थ भोलिका दिनमा अझ परिस्कृति सेवा सुविधा लिएर लगानीकर्तासमक्ष आउनेछौं ।’
विशेषगरी क्यापिटल म्याक्सले आफ्ना ग्राहकलाई सहजताका लागि अटो कोल्याटर लोड सुविधा अर्थात् लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकमबराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन् भने आफूले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सकिनेछ ।