नेपाल क्रिकेट सङ्घ (क्यान)ले युगान्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
क्यानद्वारा आज आयोजित एक कार्यक्रममा नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो । यही फागुन २४ गतेदेखि हुने उक्त शृङ्खलामा नेपालसहित युगाण्डा, हङ्कङ र नामिबिया सहभागी छन् ।
क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताउनुभयो । नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताए।
त्यसैगरी नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए । नेपालले आफ्नो पहिलो खेल यही फागुन २४ गते नामिबियासँग खेल्नेछ ।
त्यसैगरी फागुन २५ गते युगाण्डासँग र फागुन २६ गते हङ्कङसँग खेल्नेछ । त्यस्तै फागुन २८ गते नामिबियासँग, २९ गते युगाण्डासँग र ३० गते हङ्कङसँग खेल्नेछ । यी सबै खेलहरू सकिएपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित रुविना क्षेत्री, पुजा महतो, अलिशाकुमारी यादव, सना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन