सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश कर्णाली प्रदेश

कर्णाली मन्त्रिपरिषद् बैठक : स्थानीय सेवा गठन ऐन संशोधन गर्ने निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ फागुन, २०८१ मा प्रकाशित
कर्णाली मन्त्रिपरिषद् बैठक : स्थानीय सेवा गठन ऐन संशोधन गर्ने निर्णय
कर्णाली, फागुन २३ :

कर्णाली प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन, २०८१ संशोधन गर्ने भएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज (बिहिबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन संशोधन गर्ने निर्णय गरेको हो । उक्त ऐन कर्णाली प्रदेशसभाबाट २०८१ असोज १५ गते पारित भएको थियो ।

स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा थुप्रै त्रुटि भएको र त्यसमा सच्याउनुपर्ने मागसहित कर्मचारीले आन्दोलन गरेपछि प्रदेश सरकारले उक्त ऐन संशोधन गर्न परामर्शका लागि कर्णाली प्रदेश लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ । 

त्यस्तै बैठकले वन विकास कोषको रकम व्यवस्थापनसम्बन्धी नीतिगत निर्णय पनि गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार