
काठमाडौँ, फागुन २६ :
युगाण्डामा जारी चारदेशीय महिला टी- ट्वेन्टी आई शृंखलामा आज घरेलु टोली युगान्डा र नेपालबीच खेल हुँदैछ ।
नेपाल र युगान्डाको खेल दिउँसो पौने एक बजेदेखि सुरु हुनेछ । दोस्रो खेलमा हङकङ र नामिबिया प्रतिष्पर्धा गर्नेछन् ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । युगाण्डाले भने हङकङलाई हराएको थियो ।
आईसीसीको महिला टी- २०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् ।