
काठमाडौँ, फागुन २७ :
आगामी चैत ७ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि काठमाडौं बारेक सबै जिल्लामा प्रश्नपत्र पुगेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र छपाईको काम सकेर सबै जिल्लामा पठाइसकिएको जनाएको हो ।
एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार ९२०८०० र पुराना ग्रेड वृद्धिका लागि ४ हजार ९२०७८- ०७९० ले फारम भरेका छन् ।
परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।