
काठमाडौँ, फागुन २७ :
चार देशीय महिला टी- ट्वान्टी शृंखलामा आज नेपाल हङकङबीच खेल हुँदैछ ।
खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।
युगान्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।
नेपालले खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।
नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगाण्डा र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
सिरिजको शीर्ष दुईमा रहने टोली तथा तेस्रो र चौथो टोलीबीच चैत ३ गते खेल हुने छ ।