आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
राजनीति

समाजवादी मोर्चाको बैठक : राजावादीविरुद्ध गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा जोड

जनतामा छाएको निराशाबाट राजसंस्थावादी फाइदा उठाउन खोजेको ठहर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
समाजवादी मोर्चाको बैठक : राजावादीविरुद्ध गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा जोड
काठमाडौँ, फागुन २७ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत पार्टी आबद्ध ‘समाजवादी मोर्चा’ ले गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ । 

सिहंदरबारमा आज बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निराशाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको ठहर गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत  समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरू सहभागिता बैठकले भोलि फेरि बैठक बसी पछिल्लो राजनीतिक गतिविधिबारे धारणा सार्वजनिक गर्ने जनाइएको छ ।   

पूर्वप्रधानमन्त्री दाहालले सरकारले गरेका गतिविधिका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको जिकिर गरे ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक दलहरूको लामो सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन गणतन्त्रवादीहरू सङ्गठित हुनुपर्नेमा जोड दिए । 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता गंगा नारायण श्रेष्ठले देश अफ्ठ्यारो अवस्थामा धकेलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार