आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
समाचार

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने
काठमाडौं, फागुन २८ :

समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । मोर्चाको मंगलबार बसेको बैठकले राजतन्त्रका पक्षमा भइरहेका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै सशक्त प्रतिवाद गर्न अपिल समेत गरेको छ ।

प्रतिवाद गर्नका लागि चैत १ गते देशका विभिन्न दल, नागरिक समाज, वुद्धिजिवी र पत्रकारहरूसँग आवश्यक छलफल अघि बढाउने निर्णय भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बैठकपछि सञ्चारकर्मीलाई बताए ।

बैठकमा पछिल्ला दिनमा भइरहेका गतिविधिबारे छलफल हुनुका साथै नेपाली जनताले तिरस्कार गरिसकेको राजतन्त्रलाई पुनः ल्याउनेगरी भएका हर्कत स्वीकार्य नहुने नेताहरुले बताए । राजावादीहरूको प्रदर्शनले आफूहरू कत्तिपनि नडराएको नेताहरुको भनाइ छ । यही फागुन २५ गते राजावादीहरुले गरेको बृहत प्रदर्शनले नेपालको राजनीतिक तरङ्गित बनेको छ । संसद्‍मा समेत नेताहरुले चिन्ता र आक्रोस पोखेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार