काठमाडौं, फागुन २९ :

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सन्दीप लामिछानेसहित पाँच खेलाडी वर्गीकरणको श्रेणी ‘ए’ मा परेका छन्  ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार सार्वजनिक गरेको खेलाडीको नयाँ वर्गीकरणमा पुरुषतर्फ ‘ए’ मा पर्नेमा कप्तान रोहित, सन्दीप, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आसिफ शेख परेका छन् ।

यसअघि श्रेणी ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल ‘बी’ मा झरेका छन् । क्यानले खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, राष्ट्रिय र इमर्जिङ गरी तीन श्रेणीमा विभाजन गरी सेन्ट्रल कन्ट्याक्टमा राखेको हो ।

जसअनुसार ‘ए’ मा रहने खेलाडीको मासिक तलब एक लाख, ‘बी’ को ७० हजार, ‘सी’ को ५५ हजार, राष्ट्रियको ३५ हजार र इमर्जिङको २५ हजार रुपियाँ रहेको छ । श्रेणी ‘बी’ मा कुशल र करणसँगै गुल्सनकुमार झा, ललितनारायण राजवंशी र अनिलकुमार शाह रहेका छन् । अनिल पहिलोपटक ‘बी’ श्रेणीमा परेका हुन् ।

यस्तै क्यानले महिलातर्फ ‘ए’ श्रेणीमा कप्तान इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगरलाई समावेश गरेको छ । महिलातर्फ ‘ए’ मा रहने खेलाडीको मासिक तलब ५०, ‘बी’ को ३५ हजार, ‘सी’ को २५ हजार र ‘डी’ को २० हजार रुपैयाँ रहेको छ ।

May be an image of ‎text that says '‎Grade 'B' KARAN Kc KUSHAL BHURTEL GULSHAN JHA LALIT RAJBANSHI ANIL SAH Grade 'D' SAGAR DHAKAL LOKESH BAM SAHAB ALAM AKASH CHAND BИBEK YADAV SURYA TAMANG RIJAN DHAKAL DEV KHANAL BASIR AHAMAD PRATIS GC ABHINASH MAYAN YADAV Grade 'A' CAN ROHIT PAUDEL DIPENDRA AIREE សុ Momera SANDEEP LAMICHHANE SOMPAL KAI AASIF SHEIKH Grade SUNDEEP JORA AARIF SHEIKH BHIM SHARKI KUSHAL MALLA Emerging Vemanan ARJUN GHARTI HEMANT DHAMI DIPESH KANDEL RUPESH SINGH ARJUN KUMAL SUBH KANSAKAR SANTOSH YADAV Grade' 'A'-RS1,00,000 יצ' RS 1,00,000 Grade 'B' 'B'-RS70,000 RS 70,000 Grade 'C' RS 55,000 Grade 'D'- 'D'-RS35,000 RS 35,000 Emerging 25,000 #NepalCricket‎'‎
May be an image of text that says 'CAN Annual Contract Grade 'A' Grade INDU BARMA PUJA MAHATO RUBINA SITA RANA MAGAR Grade 'B' KABITA JOSHI BINDU RAWAL ALISHA YADAV SANA PRABEEN RIYA SHARMA SEEMANA KC SABITRI DHAMI ROMA THAPA ISHWORI BISTA KRISHMA GURUNG JOTSNIKA MARASAINI RACHANA CHAUDHARY MANISHA UPADHYAYA MOИΟ Grade KABITAKUWAR KABITA KUWAR SAMJHANA KHADKA Grade 'Ά- -RS50,000 RS 50,000 Grade 'C'- 25,000 Grade 'B'-RS35,000 RS 35,000 Grade Grade'D'-RS20,000 'D' -RS 20,000 #LouderNow'