शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कर्णाली प्रदेश

कालीकोटमा एक किशोरको हत्या, पाँच जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० फागुन, २०८१ मा प्रकाशित
कालीकोटमा एक किशोरको हत्या, पाँच जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
कालिकोट, फागुन ३० :

कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।

दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो ।

सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ ।  

मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए । ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौं,’ उनले भने, “पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार