काठमाडौँ, चैत ३ :

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव रहेको छ । 

आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ । 

कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम  प्रदेशका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ  ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू- भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

साथै अपरान्हको समयमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । 

त्यस्तै, राती कोशी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । 

देशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।