
काठमाडौँ, भदौ ८ :
नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आज एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।